काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उमेदवारी नदिने भएको छ ।
प्रतिनिधिसभा सभामुख पदका लागि मंगलवार भइरहेको उम्मेदवारी दर्तामा नेपाली कांग्रेस सहभागी नहुने भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुख उम्मेदवार उमेदवारी दिइरहदा कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।
कांग्रेसले नेकपाका उमेदवार सापकोटालाई समर्थन नगर्ने निर्णय गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया