काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटिएका ८ पर्यटकको मृत्यु भएको हो ।
उनीहरुलाई बेहोस अवस्थामा भेतिएपछि कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । लगत्तै ४ पुरुष र ४ महिला भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं ल्याइएको थियो । हेम्स अस्पतालमा ल्याइएकोमा उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया