काठमाडौं । नेपोलियन बोनापार्ट एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए । जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए ।
उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्सको सम्राट भएका थिए ।
क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सको नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको विरुद्ध उभिएका थिए ।
नेपोलियन सन् १८०२ देखि १८०५ सम्म राष्ट्रपति थिए, सन् १८०५ देखि १८१४ सम्म इटालीका राजा भए, सन् १८०३ देखि १८१३सम्म स्विस महासंघका मध्यस्थकर्ता एवम् सन् १८०६ देखि १८१३सम्म राइनको संरक्षक थिए ।
१. तिमी मलाई एउटी असल आमा देउ, म तिमीलाई एउटा राष्ट्र दिनेछु ।
२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभई असल मानिसको मौनता हो ।
३. एउटै शत्रुसँग बारम्बार लडाई गर्नु हुँदैन, किनभने तिमीले उसलाई सबै युद्धका कलाहरु सिकाइसकेका हुन्छौ ।
४. इतिहास सबैले पत्याइदिएको झुट हो ।
५. एउटा लिडर भनेको आशाको संवाहक हो ।
६. मुर्खता मानविय चेतनाको निम्ति फाइदाको कुरा हो,किनभने उ सधैँ आफूसँग सन्तुष्ट रहेको हुन्छ ।
७. सोच्नमा समय लगाउ जब काम गर्ने समय आउँछ तब सोच्न बन्द गर र अगाडि बढ ।
८. तिमी हारलाई हराएर र असफलतालाई सफलतामा बदलेर मात्र बलिष्ठ बन्न सकिन्छ ।
९. त्यहाँ जम्मा दुई शक्ति छन् जसले मानवलाई अगाडि धकेल्छ,इच्छा र भय ।
१०. एक जनाले गर्न सक्ने सबै गर्नु मानव बन्नु हो भने एकजनाले इच्छाएको जति गर्नु ईश्वर बन्नु हो ।
११. गरिब नै रहने पक्का उपाय भनेको इमान्दार हुनु हो ।
१२. कुनै पनि काम सम्पन्न होस् भन्ने चाहान्छौ भने त्यो कार्य तिमी आफै गर ।
१३. कल्पनाले नै संसारमाथि शासन गर्छ ।
१४. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
१५. अवसर बिनाको क्षमता केहि होइन ।
१६. असम्भव भन्ने शब्द मुर्खहरुको शब्दकोषमा मात्र हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया