माछापुच्छ्रे क्यापिटलले बोर्डबाट पायो मर्चेन्ट बैंकरको अनुमति

काठमाडौं ।  माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को अनुमति पाएको छ । त्यससँगै लिमिटेडले धितोपत्रमा प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको बैंकले जनाएको छ ।

बोर्डको अनुमतीसँगै माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गर्न सफल भएको छ ।

यस संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्ने समेत  माछापुच्छ्रे क्यापिटल लिमिटेडले जनाएको छ ।

हाल माछापुच्छ्रे क्यापिटल लिमिटेडको चुक्ता पूँजी २० करोड रहेको छ । उपरोक्त सेवाहरु प्रदान गर्नका लागि सम्पुर्ण तयारी गरिसकेको र निकट भविष्यमा सेवा सुचारु गर्ने समेत क्यापिटल लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?