काठमाडौं । तीन जिल्लाबाहेक वाग्मती प्रदेशमा सरकारले विदा दिएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाबाहेक अरु जिल्लामा प्रदेशभर शुक्रबार सार्वजनिक बिदा हुने भएको छ।
तमाङ समुलादायको सोनामा ल्होसारको अवसरका प्रदेश बिदा दिने निर्णय गरेको हो ।
गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो।
प्रदेशले बिदा दिँदा केन्द्र सरकारमातहत दरबन्दी भएका कार्यालय खुलेपछि मन्त्रिपरिषदले यस्तो निर्णय गर्नुपरेको थियो।
उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले विदाको निर्णय गरेमात्र बिदा हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया