काठमाडौं, ११ माघ । सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ मन्त्रिपरिषदको बुधवार साँझको बैठकले प्रदेश सरकारका प्रमुख सचिव तोकेको हो । यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिवको रुपमा राख्ने निर्णय भएको छ कामु सचिव यादव कोइरालालाई प्रदेश नं १ को कामु प्रमुखसचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै धनकुटामा क्षेत्रीय प्रशासक रहेका राजेश्वरमान सिंहलाई २ नम्बर प्रदेशको प्रमुख सचिव बनाएर पठाइएको छ प्रदेश ३ मा रेश्मीराज पाण्डे, ४ मा लक्ष्मण अर्याल, ५ मा शंकर पाठक, ६ मा सुरेश प्रधान र प्रदेश ७ मा लक्ष्मीराज पौडेललाई प्रमुख सचिवको जिम्मेवारी तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया