वासिंगटन, ११ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपबारे भइरहेको अनुसन्धानका लागि आफू बयान दिन तयार रहेको बताएका छन् उनले न्याय मन्त्रालयका विशेष जाँचकर्ता रोबर्ट मुलरबाट दुई देखि तीन साताभित्र सोधपुछ हुने अपेक्षा गरेको बताएका छन् । ट्रम्पले अनुसन्धानका उच्च अधिकारीबाट गरिने सोधपुछका लागि शपथको मर्यादामा रहेर जवाफ दिन आफू पूर्ण रूपमा तयार रहेको बताएका हुन् ह्वाइट हाउसमा पत्रकारसँग बोल्दै उनले चुनावका बेला कुनै साँठगाँठ र कुनै व्यवधान नभएको उल्लेख गरे । ट्रम्पले चुनावमा आफ्नी प्रतिद्वन्द्वी रहेकी हिलरी क्लिन्टन आफ्नो इमेल प्रयोगबारे संघीय जाँच ब्यूरोले गरेको सोधपुछका लागि तयार नभएको आरोप लगाए मुलरले कोमीलाई बर्खास्त गरेर न्यायमाथि व्यवधान पुर्याउने कोशिश गरिएको हो कि होइन भनेर अनुसन्धान गर्ने अनुमान गरिएको छ । मुलरले यसअघि नै महान्यायाधिवक्ता जेफ सेसन्ससँग रुसी साँठगाँठबारे सोधपुछ गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया