प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफल निष्कर्षविना नै टुङ्गिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल भएको थियो ।
मेलमिलाप तथा सत्य निरुपण र बेपत्ता छानविन आयोगका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री ओलीले प्रचण्डसहित देउवालाई बालुवाटार बोलाएको भएपनि कुनै निष्कर्षमा नपुगेको बैठकमा सहभागी नेताहरुले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया