पूर्वमन्त्री जेबेगूको ‘साप्थबा’ विमोचन

काठमाडौं । पूर्वमन्त्री श्री प्रसाद जबेगूको कथा संग्रह ‘साप्थबा’ विमोचन गरीएको छ । शनिबार ललितपुर स्थित चुम्लुङहिममा एक समारोहकाबीच उक्त कथा संग्रह विमोचन गरेको हो । नेपाल प्रज्ञा प्रष्तिष्ठानका पूर्व कुलपती वैरागी काइँलाको प्रमुख अतिथ्यतामा संग्रहको विमोचन गरीएको हो ।

नेपाली संस्कार सस्कृति, राजनीतिक र द्न्दकालका विषयवस्तुलाई समेटेर उक्त कथा संग्रह लेखिएको कथाकार जबेगूले बताए । उक्त कथा संग्रहमा द्न्दकालका समयमा भोग्नुपरेको विषय तथा सहिदका समेत अनुहार झल्किने याक्थुमलेखक संघका केन्द्रिय सदस्य सागर केरुङले बताए ।

‘साप्थबा’ कथा संग्रह नेपाली साहित्यको नयाँ आयाम दिएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले बताए । उनले कथा संग्रहको नाम लिम्बू भाषामा राखिएकोले नेपाली साहित्य क्षेत्रमै नयाँ आयाम दिएको बताए ।  जबेगूको लेखनमा निखारता रहेकाले राजनीतिक क्षेत्रमा मात्र नभएर साहित्य क्षेत्रमा समेत जबेगू अब्बल हुने उनको भनाई थियो ।

लेखक जबेगूमाथि साहित्यकार सन्दिप ‘झझल्को’ राईले बोलेका थिए । कथा संग्रहमाथि पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की, साहित्यकार तथा समालोचक देवी क्षेत्री दुलाल लगायतले बोलेका थिए । जबेगूको उक्त कथाय संग्रमा १५ वटा कथा समेटिएका छन् । जबेगूले यसअघि लिम्बूवान लिम्बू कि लिम्बुवान बासीको निबन्ध संग्रह लेखेका थिए ।  जबेगू पूर्व पशुपन्छी राज्य मन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?