३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका १ खोपरी बस्ने २४ वर्षीय विक्रम थारुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया