काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीको ढुङग्रेभञ्ज्याङमा दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृतयु भएको छ । अन्य २० जना घाइते भएका छन् ।
बा ४ ख ६९६ बस दुर्घनामा काठमाडौं महानगरपालिकाका ३८ वर्षीय चालक मोहन मर्हजनको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भैराखेको प्रहरीले जनाएको छ ।
माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको थियो ।
बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया