काठमाडौं – द्वन्द्वपीडितहरुले काभ्रेका अर्जुन लामा हत्याको आरोप खेपिरहेकाअग्नि सापकोटाविरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गर्दै उनलाई सभामुख नबनाउन नाराबाजी गरेका छन् ।
प्रतिनिधिसभा भवनमा सभामुख चयन प्रक्रिया चलिरहेको छ । यतिबेला नै द्वन्द्व पीडितहरुले सापकोटालाई सभामुख नबनाउन विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
द्वन्द्वपीडित र नागरिक समाजले व्यक्ति हत्याका आरोपीलाई सभामुख नबनाउन उनको उमेद्वारीपछि नै खबरदारी गरिरहेका छन् ।
मानवअधिकार र कानुनी शासन कायम गर, मानवअधिकारको सम्मान गर, द्वन्द्वपीडितलाई थप अपमानित नगर जस्ता नारा लगाउँदै उनीहरुले बानेश्वरमा सापकोटाविरुद्ध प्रदर्शन गरिरहेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया