भारतबाट आउने रेमिट्यान्स बढ्यो

काठमाडौं । पछिल्लो समय छिमेकी देश भारतबाट आउने रेमिट्यान्सको मात्रा बढ्न थालेको छ । खुला सिमानाका कारण भारतबाट आउने नेपालीहरुले पैसा साथमै ल्याउने भएकाले रेमिट्यान्स आप्रवाह दर कम देखिन्थ्यो । तर हाल नेपालीहरुले बिभिन्न बैंक तथा आइएमइमार्फत पठाउन थालेपछि पनि भारतबाट आउने रेमिट्यान्सको मात्रा बढ्न थालेको हो । गत आर्थिक वर्षमा विश्वका विभिन्न मुलुकबाट ८ खर्ब ७९ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको थियो । जसमध्ये भारतबाट मात्र १ खर्ब २८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । जुन कुल विप्रेषण आप्रवाहको १४ दशमलव ६२ प्रतिशत हुन आउँछ ।

भने चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपाल भित्रिने रेमिट्यान्सको दोस्रो स्थानमा परेको छ । उक्त अवधीमा भारतबाट करिब ४३ अर्ब १६ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । जुन यस अवधिमा भित्रिएको रेमिट्यान्सको १४ दशमलव २ प्रतिशत हुन आउँछ ।

साथै विश्वका विभिन्न मुलुकबाट आउने रेमिट्यान्स मध्ये पहिलो नम्बरमा कतार रहेको छ । उक्त अबधीमा कतारबाट ५३ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको छ । जसका कतारको हिस्सा १७ दशमलव ७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?