उदयपुर । जिल्लाको लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ । पालिका अध्यक्ष मेजरकुमार राईको कार्यकक्ष नजिक उक्त शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
आज विहान ९ः३० बजेको समयमा कार्यालय सहयोगीले कार्यालय खोलेपछि कर्मचारीहरु प्रवेश गर्ने क्रममा शंकास्पद बस्तु देखेका थिए । उनीहरुले त्यसपछि प्रहरीलाई खबर गरेको गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए ।
हाते झोलाभित्र कुकर र तार जडित मोवाईल सहित अध्यक्ष प्रवेशद्धारको दायाँपट्टि भुईमा राखिएको अवस्थामा भेटिएको हो । अहिले इलाका प्रहरी कार्यालयले उक्त घटनास्थललाई घेराबन्दी गरेर प्रवेश निषेध गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढामगरले जानकारी दिए ।
सेनाको बम डिस्पोजल टोलीलाई घटना स्थलमा जाँदै गरेको प्रहरीले जनाइएको छ ।_फाइत तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया