गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसूर गरेको आरोप खेपिरहेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालय (सिडिओ) ले अनुमति दिएको छ ।

राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न सिडिओले प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । राउत सोमबार बिहान आफैं प्रहरी कार्यालय पुगेकी थिइन् ।
माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ।

यो छुटाउनुभयो कि ?

गायिका आस्था राउतलाई हिरासतमै राखेर अनुसन्धान गर्ने

गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दा दर्ता, उनी फरार

गायिका आस्था राउत र प्रहरीबीचको भनाभनमा ‘क्रिमिनल चार्ज’

गायिका आस्था राउत विवादमा तानिईन्, अन्ततः माफि माग्नुपरेको भिडियोमा के छ ? भिडियोसहित

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?