ग्रामी अवार्डमा लगाएको गाउनका कारण उड्यो प्रियंकाको मजाक

काठमाडौं । आफुले लगाएको पहिरनका कारण चर्चामा आउने प्रियंका चोपडा पछिल्लो पहिरनले नकारात्मक टिप्पणी खेपिरहेकी छिन् । आइतबार भएको ग्रामी अवार्ड २०२० मा सरिक भएकी प्रियंकाको पहिरन चर्चाको विषय बनेको छ ।

उक्त पहिरनले विभिन्न अन्तर्राष्ट्रिय फेशन आइकनलाई प्रियंकाको यो लुक निकै मन पर्‍यो भने कतिले उनलाई यही परिरनका लागि ट्रोल पनि गरिरहेका छन् । आफ्नो श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा प्रियंका सरिक भएकी थिइन् ।

प्रियंकाले निकसँग ग्रामी २०२० को रेड कार्पेटमा फेशन डिजाइनर राल्फ एन्ड रुसोको डिजाइनर ड्रेसमा इन्ट्रि गरिन् । उक्त सेतो गाउनको हाइलाइट भनेको यसको ‘एक्स्टा लङ्ग नेकलाइन’ । उक्त नेकलाइन उनको नाभीसम्मै पुगेको थियो । यसैका कारण प्रियंकालाई मानिसहरुले ट्रोल गर्न सुरु गरे ।


प्रियंकाले उक्त अवार्ड कार्यक्रममा जानु अघि आफ्ना केही तस्बिर इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् जसमा उनी त्यही पहिरनमा देखिएकी छिन् । यसमा थुप्रै प्रयोगकर्ताले प्रियंकाको यो पहिरनलाई उनको अहिलेसम्मकै सबैभन्दा भद्दा पहिरन भनेका छन् । एजेन्सी

तस्वीर : सामाजिक सञ्जाल

यो पनि पढ्नुहोस् : नायिका प्रियङ्का कार्कीका ‘हट’ तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?