काठमाडौं । टाटा मोटर्सले ‘टाटा मोटर्स जेन्युअन तेल’ सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेपालको लागि आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले उक्त तेलको सार्वजनिक गरेको हो ।
नेपालमा उक्त तेलको आधिकारिक लञ्च टाटा मोर्टसका कस्टमर केयरतर्फ ग्लोबल हेड आर. रामकृष्णन, सिप्रदी कम्पनीका सीइओ राजबाबु श्रेष्ठ, टाटा मोटर्सका स्पेयर पार्टसतर्फका इन्टरनेशनल विजनेस हेड राकेश मित्तल सिप्रदी कम्पनीको सीईओ राजेशप्रसाद गिरी, टाटा मोटर्सका स्पेयर पार्टस तर्फका जनरल म्यानेजर विसाल पटेल, कस्टमर केयरतर्फका इन्टरनेशनल विजनेस हेड गणेश सेट्ठी तथा सिप्रदी अटो पार्टसका जनरल म्यानेजर युवराज बुढाथोकीले उक्त तेलको सार्वजनिक संयुक्त रुपमा गरेका हुन् ।
कम्पनीका अनुसार टाटा जेन्युइन इन्जिन आयल, गियर आयल साथै रियर एक्सल आयल विभिन्न १ लिटरदेखि १५ लिटरको साइजमा उपलब्ध हुनेछन् ।
टाटा मोटर्स जेन्युइन पार्टस नेपालभरिका आधिकारिक सर्भिस सेन्टमा तेलको सार्वजनिक गरिएको हो । साथै कम्पनीका १ सय भन्दा बढि रिटेलर र च्याम्पियन जोनको उपस्थितीमा उक्त मोटर आयल अन्तर्राष्ट्रिय बजारका लागि समेत सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया