आज तिलकुन्द चतुर्थी । गणेशको व्रत बस्नाले व्यापार वृद्धि हुने धार्मिक विस्वास ।
माघ शुक्ल पक्षको चतुर्थी अर्थात आजको दिन तिलकुन्द चतुर्थीको व्रत बसिन्छ । आजको दिनलाई विनाएक चतुर्थी वा वरद चतुर्थी पनि भनिन्छ । आजको दिन बिशेष गरि भगवान गणेशको र चन्द्रमाको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले व्यापारमा हुने आर्थिक मन्दि वा व्यापार व्यावसायमा आईरहने तनावबाट मुक्त हुने धार्मिक विस्वास रहि आएकोछ । व्रत बस्नाले घर परिवारमा खुसियाली छाउँने पनि शास्त्रमा उल्लेख गरिएकोछ ।
भगवान गणेशलाई तिलको लड्डु चढाउँनु पर्दछ र प्रसादको रुपमा बाढ्नु पर्दछ । यसको अलावा आर्थिक अवस्था कमजोर भएका व्याक्तिहरुलाई लगाउँनको लागी कपडा र भोजन ग्र्रहण गराउँनु पर्दछ । तिलबाट बनेका खानेकुराहरु दान गर्नाले पापबाट मुक्त हुने कुरा शास्त्रमा उल्लेख गरिएकोछ ।
व्रत र पूजा बिधि
ब्रहमुहुर्तमा उठेर स्नान गरि सफा बस्त्र धारण गर्नुपर्दछ ।
सुद्ध आसनमा बसेर भगवान गणेशको पूजा गर्नुपर्दछ ।
पूजाको दौडानमा गणेशजीलाई धुप, दिप सल्काएर पूजा गर्नुपर्दछ ।
फल, फूल, चामल चढाएर पञ्चामृतले स्नान गराई तिल र सख्खरबाट बनेकार सामानहरु चढाउँनु पर्दछ ।
श्रीगणेश भगवानलाई पूजा गर्ने समयमा गणेशको प्रतिमा वा मन्दिरलाई पूर्व वा उत्तर दिशातिर फर्काएर राख्नु पर्दछ ।
१०८ पल्ट ॐ श्रीगणेशाय नम भनि जप्नु पर्दछ ।
राती कथा सुन्ने तथा आरती गर्नु पर्दछ । न्यानो कपडा,कंबल,तिल वा तिलबाट बनेका सामानहरु दान गर्नुपर्दछ ।
यसप्रकार श्रीगणेशजीको बिधिपुर्वक पूजा गर्नाले घरपरिवारमा सुख सम्बृद्धि तथा निरन्तर प्रगति हुन्छ ।
आजको दिन व्रत बस्ने तथा भगवान गणेशको पूजा गर्नाले सबै समस्याहरु समाधान हुने,ईच्छा,आकांक्षा तथा मनोकामना पुर्ति हुने धार्मिक बिस्वास रहेकोछ ।
ज्यो . दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया