‘डुम्सडे क्लक’ मा रातीको १२ बज्न मात्र सय सेकेण्ड बाँकि, संसार ध्वस्त हुने वैज्ञानिकको चेतावनी

काठमाडौं । सन् २०१२ मा संसार ध्वस्त हुने खबर सनसनीरुपमा फैलिएको थियो । तर त्यो बेला संसार ध्वस्त भएन । मानिसहरुले त्यसलाई भ्रमको रुपमा स्वीका्र गरे । तर एक पटक फेरी संसार ध्वस्त हुने खबर बाहिर आएको छ ।

संसार ध्वस्त हुन जम्मा सय सेकेण्डको समय बााकि रहेको डुम्स्डे क्लकबाट पत्ता लागेको बताइएको छ । परमाणु वैज्ञानिकहरुको संस्थान बीएस्एस्ले परमाणु युद्धको सम्भावनाको संकेत दिने घडीले डुम्स्डे क्लकको सुई रातको १२ बज्नलाई सय सेकेण्ड पछाडि सारिएको छ ।

यदि यो घडीमा १२ बज्यो भने संसार ध्वस्त हुने संकेत गरेको भन्ने बुझिन्छ । ७३ वर्षको इतिहासमा यस्तो घटना पहिलोपटक हुँदै छ ।

१२ बजेको खण्डमा संसार ध्वस्त हुने भएपछि घडीमा १२ बज्न सय सेकेण्ड पछाडि सारिएको हो । यो भन्दा अगाडि अमेरिका र रुसबीच शीतयुद्ध हुन लाग्दा यो घडीलाई १२ बज्न लाग्दा २ मिनेट पछाडि सारिएको थियो ।

यो घडीको सुईहरु कुन बेला कहाँ राख्नु पर्ने भन्ने कुरा परमाणु वैज्ञानिकहरुको १५ सदस्य टिमले गर्छ । यो परमाणु वैज्ञानिक सदस्यको टीममा १३ जना नोबेल वैज्ञानिकहरु पनि सामेल छन् ।

यो घडीका अनुसार घडीमा रातको १२ बज्न जति कम समय हुन्छ त्यति नै विश्व असुरक्षित हुने गर्छ । बीएएस संस्थाले यो घडी निर्माण गरेको थियो । यो एउटा गैर लाभकारी संगठन हो ।

यसले वैश्विक सुरक्षा मुद्दाहरुमा नजर राख्ने गर्छ । सन् १९४५ मा बीएएसको स्थापना शिकागो विश्वविद्यालयका वैज्ञानिकहरुले गरेका थिए ।

उनीहरुले परमाणु हतियार विकसित गर्न सहयोग ग्रेका थिए । उनीहरुले संस्था स्थापना गरेको दुई वर्षपछि डुम्स क्लकको स्थापना गरेका थिए ।

संगठनको वेबसाइडका अनुसार यो घडी मानवताको खतरामाथिको संकेत गर्दै आधा रातमा परमाणु विस्फोट र त्यससम्बन्धित खतराको काउन्टडाउन शुरु गर्छ ।

सन् १९४७ मा यो घडीलाई पहिलोपटक रातको १२ बज्नुभन्दा अगाडि ७ मिनेट पछाडि सारिएको थियो । त्यस्तै सन् १९४९ मा यो घडीलाई ३ मिनेट सारिएको थियो, त्यो बेलामा रुसले परमाणु बम आरडीएस् १ को परिक्षण गरेको थियो साथै त्यो सँगै बिभिन्न देशमा परमाणु बनाउँने होड चलाएका थिए ।

त्यस्तै सन् १९५३ मा घडीमा १२ बज्न २ मिनेट सारिएको थियो । त्यस्तै अहिले भने घडीमा जम्मा सय सेकेण्डको समय सारिएको छ त्यसैले विश्व खतरायुक्त रहेको बताईएको छ । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?