‘मदर टेरेसा’का २० प्रेरणादायी विचार

काठमाडौं । मदर टेरेसाको जन्म २६ अगस्ट सन् १९१० मा अल्बेनियाई परिवारमा भएको थियो । मदर टेरेसाको बास्तविक नाम अगनेस गोंझा बोयाजिजू हो ।

टेरसा रोमन क्याथोलिक नन थिईन । उनको साथमा भारतीय नागरिकता थियो। उनले सन् १९५० मा कोलकत्तामा मिशनरीज अफ च्यारिटीको स्थापना गरेकी थिइन् ।

उनले ४५ वर्षसम्म गरिब,बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको सहयोग गरिन् ।

मदर टेरेसाका २० प्रेरणादायी विचार

१. यदि तपाई संसार परिवर्तन गर्न चाहानुहुन्छ भने, घर गएर परिवारलाई माया गर्नुहोस्।

२. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।

३. सफलताको लागि तिमी के कति काम गर्छौ यो महत्त्वपुर्ण कुरा होइन,तिमी आफ्नो कामलाई कति प्रेमले गर्छौ यो सफलताको मापदण्ड हो।

४. अनुशासन लक्ष्य र उपलब्धि बीचको पुल हो ।

५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।

६. प्रगाढ प्रेम मापन गरिँदैन, मात्र दिइन्छ ।

७. प्रेम हर मौसममा हुने फल हो,र हरेक व्यक्ति को पहुंच मा छ।

८. यदि तिमी मन दुख्दासम्म प्रेम गर्न सक्छौ भने अझै प्रेम गर, तिमीले प्रेमको शिवाय केहि भेट्ने छैनौ ।

९. स-साना कुराहरुमा वफादार हुनुहोस् किनकि तीनै साना कुराहरुमा तपाईको शक्ति निहित छ ।

१०. जहाँ जाउ प्रेम बाँड किनकि कोही तिमी सामु आउँदा प्रफुल्लित अनुहार लिएर फर्किओस् ।

११. हामी सोच्छौ कि हामी जे गर्छौ त्यो समुन्द्रमा थोपा खसाए बराबर हो तर एक एक थोपा निकाल्दा समुन्द्रमा पनि कम हुन्छ ।

१२. सबैले ठूला काम गर्न सक्दैनन् तर साना काम गर्न सक्छन्, जसले ठुलो खुसी दिन सक्छ ।

१३. दयालु शब्द छोटो र बोल्न सजिलो हुन सक्छ, तर तिनीहरूको प्रतिध्वनि साँच्चै अन्तहीन हुन्छ।

१४. रोटीको भोक भन्दा प्रेमको भोक हटाउन धेरै गाह्रो हुन्छ ।

१५. तिमीले सय व्यक्तिलाई खुवाउन सक्दैनौ भने कम्तिमा एक व्यक्तिलाई खुवाउ ।

१६. हिजो बितिसक्यो ,भोलि आएकै छैन बस आज मात्र हाम्रो हो त्यसैले सुरुवात आजै गर ।

१७. हामी एक साधारण मुस्कानले गर्न सक्ने सबै राम्रो कुरा कहिले पनि थाहा पाउँदैनौँ ।

१८. प्रेम गर्छु भनेर हुदैन प्रेम व्यवहारमा देखाइनु पर्छ र त्यो व्यवहार नै सेवा हो ।

१९. सबैभन्दा डरलाग्दो गरिबी एक्लोपन, र कसैबाट प्रेम नगरिएको महसुस नै हो।

२०. यदि तिमी मान्छेहरुलाई मुल्यांकन गर्न थालेउ भने उनीहरुलाई प्रेम गर्न भुल्नेछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?