नेपाल बैंकको वित्तीय विवरण सार्वजनिक, १ अर्ब ३५ करोड नाफा

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले पुस

मसान्तसम्ममा १ अर्ब ३५ करोड नाफा कमाएको तथ्यांकले देखाएको छ । तर अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा भने बैंकले नाफा घटाएको छ । बैंकको गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

तथ्यांक अनुसार बैंकले सो अवधिमा कर्जा विस्तारको हिसावमा भने सामान्य सुधार देखिएको छ । बैंकको कष्ट अफ फण्ड १ दशमलव ६१ प्रतिशत विन्दुले बढेको छ । साथै निष्क्रिय कर्जा २ दशमलव ७४ प्रतिशतबाट घटेर २ दशमलव ६६ प्रतिशतमा सिमित रहेको छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रहेको छ । भने जगेडा कोषमा १३ अर्ब ५२ करोड ११ लाख रुपैयाँ रहेको छ । भने शेयरधनी कोषमा २ अर्ब ५९ लाख ८२ हजार रुपैयाँ तथा शेयर प्रिमियममा ३ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकले यस अवधिमा सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकको वितरणयोग्य नाफा ६८ करोड ३७ लाख रुपैयाँ रहेको छ । साथै प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५७ पैसा कायम भएको छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १० दशमलव ५ गुणा रहेको छ । त्यस्तै १५ प्रतिशत बोनस शेयर पूँजीकरण पश्चात प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९७ पैसा कायम हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?