मोरङ । मोरङ र सुनसरीको सीमाना भएर बग्ने केसलिया खोला नजिकै एक युवक मृत फेला परेका छन् ।
विराटनगर महानगरपालिका ४ र सुनसरीको दुहवी नगरपालिका १२ बुकडोरीको सीमाना छेउमा विभत्स हत्या गरी फालिएको अवस्थामा अन्दाजी २०-२५ वर्षको जस्तो देखिने मधेसी मुलका युवकको शव भेटिएको हो ।
प्रहरीका अनुसार ढुंगा, इँटा वा कुनै वस्तुले टाउको र अनुहार कच्याककुचुक गरी चिन्नै नसक्ने विभत्स हत्या गरी नाङ्गो अवस्थामा शव फालिएको थियो ।
माटो र परालले छोपेको तथा खुट्टा बाहिर देखिएको अवस्थामा फेला शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बाँस झ्याङ नजिकै रहेको घटनास्थलमा वरपर लतपतिएको रगतका टाटाहरु छन् । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको मखलर (गलबन्दी) को टुक्रा बाहेक अरु केही पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया