लक्ष्मी बैंकको नाफा २५ प्रतिशतले वृद्धि

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालू आवको उक्त अवधीमा २५ प्रतिशतले नाफा बृद्धि गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकले ७३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । भने चालू आवको दोस्रो त्रैमासमा बैैंकको नाफा ९० करोड ३० लाख कमाएको छ । जस अनुसार अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २४ दशमलव ७६ प्रतिशतले बढाउन सफल भएको छ ।

हाल बैंकको चूक्ता पूँजी ९ अर्ब ८१ करोड रहेको छ । बैंकको खुद नाफा बृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बृद्धि भएको बैंकले जनाएको छ । त्यसै अनुसार बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

बैंकका अनुसार चालू आवको यस अवधीमा प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ९० पैसा रहेको छ। भने मूल्य आम्दानी अनुपात ११ दशमलव ११ प्रतिशत रहेको छ । त्यस्तै वितरणयोग्य नाफा ५९ करोड १८ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकको अनुसार हाल जगेडा कोषमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ रहेको छ । साथै शेयरधनि कोषमा १ अर्ब १ करोड ८३ लाख रुपैयाँ सञ्चित रहेको तथ्यांकमा उल्लेख रहेको छ ।

बैंकको यस अवधिमा निष्क्रिय कर्जा १ दशमलव ११ प्रतिशतबाट घटेर ० दशमलव ८८ मा सिमीत भएको छ । त्यस्तै चालू आवको दोस्रो अवधिसम्म आइपुग्दा बैंकको कष्ट अफ फण्ड ७ दशमलव २१ प्रतिशत, आधारदर १० दशमलव ९ प्रतिशत साथै स्प्रेडदर ४ दशमलव २३ प्रतिशत रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?