भारतमा कक्षा ४ मा अध्ययनरत विद्यार्थीविरुद्ध देशद्रोहको मुद्दा

काठमाडौं । भारतको कर्नाटक राज्यामा कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको छ ।

नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई कर्नाटक प्रहरीले देशद्रोहसम्बन्धी मुद्दा लगाएको भारतीय सञ्चार माध्यमले जनाएमा छन् ।

विद्यार्थीलाई मात्र नभई नाटक व्यवस्थापनविरुद्ध पनि मुद्दा दर्ता भएको छ । नागरिक ऐन संशोधनसम्बन्धी नाटकको दृश्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छवि कलंकित गरिएको दाबी प्रहरीको छ । नाटकले राजद्रोह र शान्ति भंग गरेको प्रशासनको आरोप छ ।

एजेन्सी

यो पनि पढ्नुहोस् : ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक, प्यालेस्टाइनी राष्ट्रपति कड्किए ‘यो षडयन्त्र सफल हुँदैन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?