काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा बैठक सुरु भएको हो ।
दुई पार्टी एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक केन्द्रीय समितिको बैठक बसेको हो ।
हाल नेकपा केन्द्रीय समिति ४ सय ४६ सदस्यीय छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घाटन मन्तव्यपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
त्यसैगरी बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले साङ्गठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्याक्रम छ । त्यस्तै सातै प्रदेशका अध्यक्षहरूले आ–आफ्नो प्रदेश कमिटिको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको प्रवक्ता श्रेष्ठले बताए ।
त्यस्तै सममायिक प्रस्ताव र विविध विषयसमेत बैठकमा प्रस्तुत हुने उनको भनाई छ । उनका अनुसार समसामयिक प्रस्ताव अहिलेको राजनीतिक गतिविधिमा केन्द्रीत हुने छ ।
विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने उनले जानकारी दिए। बैठक पाँचदिनसम्म चल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया