विभत्स हत्या गरी फालिएका युवकको पहिचान खुल्यो, चाँडै फर्कन्छु भन्दै घरबाट निस्किएका थिए

विराटनगर । मोरङ र सुनसरीको सीमाना भएर बग्ने केसलिया खोला नजिकै एक युवक मृत फेला परेका युवकको पहिचान भएको छ ।
विराटनगर महानगरपालिका ४ र सुनसरीको दुहवी नगरपालिका १२ बुकडोरीको सीमाना छेउमा विभत्स हत्या गरी फालिएको अवस्थामा युवक झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वाल भएको प्रहरीले जनाएको छ ।

अभिषेकको शव मंगलबार बिहान केसलिया खोला किनार नजिकै रहेको बाँसघारीमा विभत्स हत्या गरि फालिएको अवस्थामा फेला परेको थियो ।

उनी माघ ९ गते घुम्न भन्दै मे१०प ८६७५ नम्बरको स्कुटरमा घरबाट निस्किएका थिए । उनको शव विराटनगर महानगरपालिका-४ र सुनसरीको दुहबी नगरपालिका- १२ सिमाना भएर बग्ने केसलिया खोला किनार नजिकै बालुवा र परालले पुरेको अवस्थामा भेटिएको थियो । तर, उनको कहिले हत्या भएको हो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार कट्वाल आमासँग मामा घरमा बस्दै आएका थिए । चाडै र्फकने भन्दै घरबाट निस्किएका उनी चार दिनसम्म नफर्किएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको थियो ।

सम्पर्कविहीन भएपछि आमा तारा कटुवालले छोराको हुलियासहित खोजतलासका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिएकी थिइन् ।
घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि

विभत्स हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?