काठमाडौं । भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार उडिसाको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खोल्सामा झरेको थियो । बुधबार राति करिब ३।३० बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।
भारतमा हरेक दिन सवारी दुर्घटनाका कारण ४०० भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । एजन्सी
यो पनि पढ्नुहोस् : विभत्स हत्या गरी फालिएका युवकको पहिचान खुल्यो, चाँडै फर्कन्छु भन्दै घरबाट निस्किएका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया