राष्ट्रनिर्माणको अभिभारा र अवसरलाई उपयोग गरौँः प्रम ओली

लोकपथ संवाददाता
0
Shares
k|d+ cf]nL ;Daf]wg sf7df8f}F, !% df3 M sf7df8f}+sf] /fli6«o;ef u[xdf a’waf/b]lv ;’? ePsf] g]kfn sDo’lgi6 kf6L{ -g]skf_ sf] s]G›Lo ;ldltsf] bf];|f] k””0f{ a}7sdf pkl:yt k|wfgdGqL s]kL zdf{ cf]nL a}7snfO{ ;Djf]wg ub}{ ;fydf g]skfsf cWoIf k”iksdn bfxfn …k|r08Ú nufot g]tfx? . t:aL/ Mk|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गरेका छन्।

यहाँ आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका लागि लड्न आँट गर्ने सरकार भएकाले यसबारे कुनै अन्योल, भ्रम र आशङ्का रहेमा चिरेर जान आग्रह गर्नुभयो ।

उनले अहिले लगभग दुई तिहाइको सरकार स्पष्ट सोचका साथ गरीबी, भोकमरी र पछौटेपन अन्त्य गराउँदै विकास र समृद्धिका लागि चाहेको निर्णय गर्न सक्ने मजबुत अवस्थामा रहेकाले कुनै द्विविधा राख्न जरुरी नभएको स्पष्ट पारे। “नेपाललाई नयाँ चरणमा लान हामी अग्रसर रहेका छौँ ।

हामी निर्वाचनबाट जनमत लिएर सरकारमा आएको कम्युनिष्ट पार्टी हौँ । हामी तीव्र आर्थिक विकासको गतिमा छौँ । हामी अब मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा क्रियाशील छौँ ।

देखिएका कमजोरी भएमा सच्याउन सकिन्छ तर आन्दोलनलाई नोक्सान हुने कुरातिर जानु हुँदैन”, उनले भने, “आत्मनिर्भर हुँदै हामी ऊर्जा र कृषि उपज निर्यातको चरणमा जानेछौँ । हाम्रो काँधमा आएको राष्ट्र निर्माणको यो अभिभारा र अवसरलाई उपयोग गरौँ ।”

‘एमसिसी सम्झौता छिटो अनुमोदन हुनुपर्छ’

प्रधानमन्त्री ओलीले संयुक्त राज्य अमेरिकासँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा २०७४ साल भदौ २९ गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतानुसार अमेरिकी अनुदान तथा प्राविधिक सहायता र नेपाल सरकारको लगानीमा विभिन्न आयोजना बन्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्न ढिला गर्न नहुने स्पष्ट गरे ।

पाँचवर्षे सो सम्झौताको कतिपय बुँदामा प्रश्न उठे पनि यसलाई कार्यान्वयन गर्नाको विकल्प नभएको जनाउँदै उनले भने, “यसमा धेरै विवाद गरिरहनु पर्दैन । यसमा नेपाललाई होच्याउने, अपमान गर्ने वा हिन्द प्रशान्त रणनीतिको सम्बन्धको कुरा छैन । हरेक देशका अनेक अदृश्य स्वार्थ हुन सक्छन् ।

त्यसमा हामी नजाऔँ । त्यसरी जाने हो भने कुनै मुलुकसँग सम्बन्धै नराख्ने कुरा पनि उठाउन सकिन्छ तर हामीले आफ्नो मुलुकको स्वार्थ र प्राथमिकता हेर्ने हो ।”

सीमा विवाद कूटनीतिक संवादबाट

नेपाली भूगाग लिम्पियाधुरालाई आफ्नो नक्शामा समावेश गरी भारतले नक्शा सार्वजनिक गरेकामा उक्त कार्य सुगौली सन्धिको विरुद्ध रहेको भनी पहिलो पटक लिखित पत्राचार गरी छिमेकी भारतलाई आग्रह गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबारे आफूले संसद्मा विस्तृतरुपमा राख्ने बताए। उनले भने, “आपसी संवादको माध्यमबाट सीमा विवादको समाधान गर्न सकिनेछ र त्यही प्रयास गरिरहेका छौँ ।

सरकारले राष्ट्रहितलाई बेवास्ता गर्दैन । यो राष्ट्रवादी र सत्यका लागि लड्न आँट गर्ने सरकार हो । हामी जोसुकैसँग पनि सार्वभौम समानताका आधारमा कुरा गर्न सक्छौँ ।”

‘चौतर्फी विकास र उपलब्धि’

सरकारका दुई वर्षका उपलब्धिबारे अवगत गराउँदै उहाँले त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको, टनेल बोरिङ मेशिनबाट भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरुङ छेडिएको, अन्तरराष्ट्रिय विमानस्थलहरुको निमार्णमा तीव्रताका साथै अन्य विमानस्थलको व्यवस्थापन शुरु भएको र सङ्घीय संसद् भवनलगायत राष्ट्रिय आवासहरुको निर्माण शुरु भएको बताए।

नेपाल–भारतबीच ४०० केभी प्रसारण लाइन निर्माण शुरु भएको, जनता आवास कार्यक्रम लागू भएको, मेलम्ची खानेपानी आयोजना यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी शुरु गरिएको, २२८ स्वास्थ्य भवन बनेको, भूकम्पपछिको पुनःनिर्माणले असाधारणरुपले गति लिएको र ७५३ पुरातात्विक सम्पदामध्ये ३८७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको बताए।

उनले विद्यालयमा समयमै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने प्रबन्ध भएको, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गरिएको र स्वास्थ्य बीमा कार्यक्रम विस्तार भएको बताउँदै कर्मचारी र श्रमिकको पारिश्रमिक वृद्धि गरिएको, विद्युतीय सुशासन लागू र फोरजी सेवा विस्तार गरिएको, काठमाडौँका सडकमा बेसहारा रहेका व्यक्तिलाई उद्धार गरिएको र खेल क्षेत्रमा प्रोत्साहन गरिएको अवगत गराए।

उनले नयाँ कानून निर्माण भइरहेको, सङ्घीय कार्यान्वयनका लागि विभिन्न काम भएको, वित्तीय सङ्घीयता कार्यान्वयनमा ल्याइएको र भ्रष्टाचार न्यूनीकरण शुरु भएको पनि बैठकलाई जानकारी गराए।

यसैगरी प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारसँगै अन्य मुलुकसँगको सम्बन्ध विस्तार र सगरमाथा संवाद आयोजनाको तयारी हुनुले मुलुकमा लगानी र पर्यटन वृद्धि भई समृद्धिका लागि सहयोग पुग्ने बताए।

उनले यती होल्डिङसँग नेपाल ट्रष्टका जग्गा र सम्पत्ति भाडामा लगाउने कार्य विगतदेखि शुरु भएको उल्लेख गर्दै हालका सम्झौता र नवीकरण कानूनसम्मत तथा बजार मूल्यअनुकूल रहेको स्पष्ट पारे। अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियालाई सबै तहमा पूर्णता दिई तल्लो तहसम्म परिचालन गर्न स्पष्ट मार्गदर्शन दिन बैठक सफल हुने अपेक्षा पनि व्यक्त गरे। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?