काठमाडौं । छिमेकी मूलुक चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी र तातोपानी नाकाबाट पर्यटकको आवागमन बन्द गरिएको छ ।
चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन १५ दिनलाई रोकिएको हो ।
चीनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १ सय ३२ जनाले ज्यान गुमाइसकेका छन् भने ५ हजार भन्दा बढीमा संक्रमण भएको छ ।
कोरोना भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने भएका कारण चीनबाट नेपाल आउने पर्यटकको आवागमन बन्द गरिएको हो ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य सीमामा चिनियाँ पर्यटकलाई स्वास्थ्य परीक्षण गरेर मात्र भित्र्याइने गरिएको थियो । स्थल मार्गबाट आउने चिनियाँलाई भने प्रवेशमा रोक लगाइएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया