आफू मरेको नाटक गर्दै १४ करोड ठग्न खोजेपछि हंगामा…

काठमाडौं । बेलायतमा एक पाकिस्तानी व्यक्तिले आफू मरेको नाटक गर्दै एक बीमा कम्पनीबाट करोडौँ रकम ठग्ने प्रयास गरेका छन् ।

बीमा कम्पनीले क्लेम दिएको भए ३९ वर्षीय सैय्यद बुखारीको परिवारलाई १४ करोड ४ लाख रुपैयाँ पाउँने थिए । सैय्यदलाई लण्डन सिटी प्रहरीका इन्सुरेन्स फ्रड एन्फोर्समेन्ट डिपार्टमेन्टले चेकजाँचका क्रममा पक्राउ गरेको छ ।

शैय्यल बुखारीले बीमा क्लेमका लागि १९ डिसेम्बरमा ईमेल गरेर फोनमा पत्नीको आवाज निकाल्दै आफ्नै मृत्यु हृदयघातका कारण कराचीमा भएको बताएका थिए ।

त्यसपछि बीमा कम्पनीले क्लेमको भेरिफिकेसन शुरु गरेका थिए । यसको सबै जिम्मेवारी लण्डन सिटी प्रहरीको इन्सुरेन्स फ्रड एन्सफोर्टमेन्ट डिपार्टमेन्टका अधिकारी माइक मान्कटनलाई दिइएको छ ।

चेकजाँचका क्रममा प्रहरीले बुखारीले फोनमा कुराकानी गरेका व्यक्तिसँग कुराकानी गरेर सोधपुछ गरेका थिए । त्यसपछि फोनमा क्लेम गर्नेको साउण्डको चेकजाँच गरिएको थियो ।

त्यसपछि मात्र उनीहरुले बुखारीले झुक्याएर आफू मरेको कुरा फोनमा बताएको पत्ता लगाएका थिए । त्यसपछि बुखारीलाई लण्डन क्राउन कोर्टमा उपस्थित गराइएको थियो ।

अदालतले विहीवार सुनुवाई गर्दै ५ वर्ष ७ महिना जेलको सजाय सुनाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?