आज वसन्त पञ्चमी, यसरी गर्नुहोस् सरस्वती पूजा

काठमाडौं । माघ महिनाको शुक्ल पक्षको पञ्चमी तिथिलाई वसन्त पञ्चमी पर्वका रूपमा मनाइन्छ । यो दिन मुख्य रूपमा विद्याकी देवी माता सरस्वतीको पूजा र आरधना गर्ने प्रचलन छ ।

बसन्त उल्लास हो,सुगन्ध हो, मुस्कान हो,सौन्दर्य हो,प्रकृति हो,संगीत हो,साधना हो र वसन्त जीवन हो । यस्तै भावले माता सरस्वतिको पूजा तथा आराधना गरिन्छ ।

वसन्त पञ्चमी शुभ मूहुर्त १० बजेर ४५ मिनेट जाँदा रहेको छ । साथै तिथि १ बजेर १९ मिनेट जाँदा सकिन्छ ।

यसरी गर्नुहोस् पूजा
वसन्त पञ्चमीको दिन विधिविधानका साथ देवी सरस्वतीको पूजा गर्दा विद्या र बुद्धिका साथसाथै सफलता पनि पाइने विश्वास गरिन्छ ।

विहानै उठेर स्नान गरेपछि पवित्र आचरण र बोलीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुपर्छ । पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउँनुपर्छ ।

प्रसादमा पहेँलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउँनु पर्छ ।

त्यसपछि माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर दीप प्रज्वलन गर्दै आरती गर्नुपर्छ । पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा पढाईमा मन लाग्छ । देवीको प्रतिमाअगाडि उभिएर मन्त्रहरु उच्चारण गर्दा स्मरण शक्ति बढ्छ ।

यो हो सरस्वती स्तुति
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।।१।।

शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं
वीणा पुस्तक धारिणीमभयदां जाड्यांधकारपहाम्।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।२।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?