क्यासिनो खेल्न नेपाल आउने बंगलादेशी व्यापारीको साथीबाटै विभत्स हत्या

काठमाडौँ। राजधानीको सोल्टीमोडस्थित होटलमा बंगलादेशी नागरिकको हत्या भएको छ । साता अघि भएको सो हत्यामा उनकै साथीको संलग्नता रहेको खुलासा भएको हो । बंगलादेशी नागरिक मोहिद्दिन अहम्मदको गत माघ ७ गते सोल्टीमोडस्थित ग्राण्ड भिल्ला होटलमा हत्या भएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा हत्यामा उनकै साथी दुल्लाहमियाँको संलग्नता रहेको खुल्न आएको हो । हत्यापछि उनी सडकमार्ग हुँदै भारततर्फ भाग्न सफल भएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार क्यासिनोको लत लागेका मोहिद्दिन गत माघ ६ गते साथी दुल्लाहमियाँलाई लिएर हिमालय एयरलाइन्सको विमानमार्फत नेपाल आएका थिए । उनी व्यापारी हुन् ।
मदिरा सेवनका क्रममा आपसी विवाद भएको र सोही क्रममा एकाएक ४५ वर्षीय मोहिद्दिन सुतेपछि त्यही मौकामा दुल्लाहमियाँले दाहिने आँखामा नखोलिएकै मदिराको बोतलले प्रहार गरेका थिए । त्यसपछि बेहोस बनेका मोहिद्दिनलाई दुल्लाहमियाँले फुटेको बोतलका सिसाहरु मुखमा हालेर विभत्स हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डीएसपी रुगम कुँवरले मोहिद्दिनको हत्या साथीबाटै भएको खुल्न आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?