काठमाडौं, १२ माघ । राष्ट्रियसभा निर्वाचनको लागि आचारसंहिता शुक्रबारबाट लागू भएको छ निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि आचारसंहिता शुक्रबारबाट लागू भएको जनाएको छ माघ २४ गते हुने निर्वाचन स्वच्छ, निश्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आजदेखि आचारसहिता लागू गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए सरकार, सरकारका मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा निकाय, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल, दलका भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षकलाई आचारसंहिता लागू हुने छ । सरकारी र निजी क्षेत्रका सञ्चारमाध्यामलाई समेत आचारसंहिता लागू हुने प्रवक्ता ढकालले बताए आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन राष्ट्रियसभा चुनावका लागि बुधबार भएको मनोनयन दर्तामा ८३ जनाको उम्मेदवारी दिएका छन् । १७ जना भने निर्विरोध भएका छन् ५९ सदस्यीय राष्ट्रियसभाका लागि हरेक प्रदेशबाट ८–८ जनाको दरले ५६ जना निर्वाचनबाट चुनिने र तीन जना सरकारको सिफारिसरमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया