काठमाडौं । जलवायु परिवर्तन तथा त्यसबाट हुनसक्ने संभावित जोखिम बहन गर्न विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको रिण सहायता लिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको नेतृत्वमा सात सदस्यीय वार्ता टोली गठन गरिएको छ । माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सूचना सञ्चार तथा प्रविधी मन्त्री गोकुल बाष्कोटाले उक्त कुरा बताएका हुन् ।
सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थपेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको हो । ती दुबै आयोगको म्याद आउँदो चैतमा सकिँदै थियो ।
यसैगरी मन्त्रिपरिषद बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ मकाजुलाई मनोनयन गरेको छ । त्यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालन समितिको अध्यक्षमा बर्दियाका निर्मल लामिछानेलाई तीन वर्षका लागि मनोनित गरेको छ ।
यस्ता छन् निर्णयहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया