प्राइम बैंकको वित्तीय विवरण सार्वजनिकः नाफा १ अर्ब ३० करोड !

काठमाडौं । प्राइम कमर्शियल बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकको यस अवधिमा करिव १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै बैंकले पुस मसान्तसम्ममा ८० अर्ब ९१ करोड ५४ लाख रुपैयाँ बराबर कर्जा तथा लगानी गर्न सफल भएको छ । त्यस्तै गत आर्थिक वर्षमा भने बैंकको यस्तो कर्जा तथा लगानी ७२ अर्ब ४५ करोड ५४ लाख रहेको तथ्यांकले देखाएको छ । साथै हाल प्रकाशित भएको उक्त विवरण अपरिकृत वित्तीय विवरण रहेको बैंकले जनाएको छ ।

बैंकले एक वर्षको अवधिमा करिब ८ अर्ब ३७ करोड रुपैयाँ कर्जा तथा लगानी बढाएको छ । जसअनुसार हाल कुल निक्षेप रकम ३ अर्ब ३१ करोड रुपैयाँले बढाएको छ । त्यस्तै यस अवधिमा सर्वसाधारणको ८० अर्ब ३५ करोड ३५ लाख रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै गत आवको यस अवधिमा भने यस्तो निक्षेप ७७ अर्ब ४ करोड रहेको छ ।

हरेक बैंक तथा वित्तीय संस्थाको लागि यस अवधिलाइ समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । साथै यस अवधिमा खराव कर्जा अनुपात समेत घटेको छ । जस अनुसार १ दशमलव ५८ प्रतिशतले कमि भइ १ दशमलव ४५ प्रतिशतमा आएको छ । भने कस्ट अफ फण्ड ८ दशमलव २९ प्रतिशतबाट घटेर ७ दशमलव ६५ प्रतिशत कायम भएको छ । त्यस्तै बैंकको व्याज अन्तरपनि ५ दशमलव ११ प्रतिशत रहेको छ भने अघिल्लो आवको यहि अवधिमा ५ दशमलव १८ प्रतिशत रहेको थियो ।

भने यस वर्ष आधारदर पनि कमि भएको छ । जस अनुसार पुस मसान्तसम्मा १० दशमलव १७ प्रतिशत रहेकोमा यस वर्षको पुस मसान्तसम्ममा ९ दशमलव ४५ प्रतिशतले झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?