काठमाडौं, १२ माघ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी आठ अर्ब पुर्याउने क्रममा सिद्धार्थ बैंकले आगामी फागुन २ गतेदेखि १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ बैंकले हकप्रद सेयर निष्कासनका लागि माघ २० गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । माघ १९ गतेसम्म कायम बैंकका साविक शेयरधनीले मात्र हकप्रद सेयरका लागि आवेदन गर्न पाउनेछन् । उक्त हकप्रदमा आगामी चैत्र ६ गतेसम्म आवेदन गर्न सकिनेछ बैंकको सेयर निष्कासन तथा बिक्री प्रन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । लगानीकर्ताले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल तथा आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ सिद्धार्थले हाल कायम चुक्ता पूँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ करोड २६ लाख रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया