काठमाडौं । दक्षिणी लन्डनमा आइतवार दिउँसो सर्वसाधारणलाई अन्धाधुन्ध चक्कु हान्ने एक पुरुषको प्रहरी कारबाहीमा मृत्यु भएको छ ।
सर्वसाधारणलाई अन्धाधुन्ध चक्कु प्रहार गरेपछि उनीमाथि प्रहरीले गोली चलाएको हो । सुदेश अम्मान नाम गरेका २० वर्षीय व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेका थिए । आतङ्कवादसम्बन्धी अभियोगमा जेल परेका उनलाई तीन वर्ष चार महिनाको सजाय सुनाइएको थियो । आधा सजाय भोगेपछि उनी मुक्त भएका थिए ।
चक्कु प्रहारबाट तीन जना घाइते भए । तीमध्ये एक जनाको अवस्था गम्भिर भएको बताइएको छ । प्रहरीले प्रहार गरेको गोली लागेर ती आक्रमणकारीको मृत्यु भएको थियो ।
प्रहरीले घटनालाई इस्लामिक अतिवादसँग जोडिएको आतङ्कवादी आक्रमण भनेको छ । विवरणहरूका अनुसार अम्मानले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरे। त्यसपछि उनले बाहिर निस्किएर एक महिलालाई पनि आक्रमण गरेका थिए । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया