काठमाडौं । भारतीय रियालिटी शो ‘द कपिल शर्मा शो’ धेरै मानिसहरुले मन पराउँने शोहरुमध्येको एक हो ।
हरेक शोमा कपिल शर्मा र उनको टीमले नयाँ विषवस्तुबाट दर्शकहरुलाई धेरै हँसाएर मनोरञ्जन गराउँने गर्दछन् ।
उनको यो शो यति पपुलर भईसकेको छ कि ठूला-ठूला फिल्म स्टारहरु पनि उनको शोमा फिल्मको प्रचार-प्रसार गर्नका लागि आउँने गर्दछन् । आईतवारको शोमा कपिलले अब देखि मादक पदार्थ नपिउँने घोषणा गरेका छन् ।
आईतवार कपिल शर्मा शोमा फिल्म मंगलका सदस्यहरु आएका थिए । अनिल कपुर,दिशा पटानी,आदित्य कपुर र कृणाल खेमु समेत उपस्थित थिए ।
शोमा कपिलले आदित्यलाई तपाईको ब्रेकअप हुन्छ तब तपाई रक्सी पिउँन थाल्नुहुन्छ, के तपाईलाई रक्सी पिउँदा झनै गर्लफ्रेन्ड राम्री देखिन्छ भन्ने कुरा थाहा छ भनेर सोध्छन् ।
त्यहि बेला आदित्य र दिशाले के तपाईले त्यहि भएर यो कुरा फलो गरिराख्नु भएको छ भनेर सोध्छन् । यो प्रश्नमा कपिलले भने मैले त अहिलेसम्म धेरै पीएर छोडिदिसकेँ ।
तर यो शोमा यो कुराकानी हसाउँनको लागि भएको थियो । एक भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा उनले साँच्चिकै रक्सी खान छोडेको बताएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया