माछापुछ्रे बैंकको वित्तीय विवरण सार्वजनिक, नाफा ८२ करोड !

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले ६ महिनाको अवधिमा ८२ करोड नाफा कमाउन सफल भएकाृ छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड नाफा बृद्धि गरेको छ । गत आवको यहि अवधिमा बैंकले ७२ करोड मात्र नाफा कमाएको थियो ।

आवको यस अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । त्यस्तै बैंकको सिडी अनुपात ७८ दशमलव २७ प्रतिशत कायम गरेको छ । जसमा यस अवधिमा बैंकले ९७ अर्ब निक्षेप संकलन गर्दा ८७ अर्ब कर्जा लगानी गरेको छ । भने यस समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी एक अर्ब ९८ करोड रुपैयाँ पुर्याउन सफल भएको जनाएको छ । हाल बैंकको कुल चूक्ता पूँजी ८ अर्ब ४५ करोड रहेको छ । भने जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

साथै बैंकको पुस मसान्तसम्ममा कुल वितरणयोग्य नाफा भने ६० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । हाल बैंकको स्प्रेडदर भने ५ दशमलव २५ प्रतिशत रहेको छ । त्यस्तै बैंकको कस्ट अफ फण्ड ७ दशमलव ६४ प्रतिशत रहेको छ । भने आधारदर १० दशमलव २६ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?