टेलिकम वर्कस युनियनद्वारा विरोधका कार्यक्रम घोषणा, यस्ता छन् माग

काठमाडौं । नेपाल टेलिकममा कार्यरत नेपाल टेलिकम वर्कस युनियनले विभिन्न माग राखेर विरोधका कार्यक्रम गरेका छन् ।

युनियनले माघ १० गते टेलिकमका प्रवन्ध निर्देशकलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । साथै युनियनको समयसीमा शुक्रवार नै सकिएको छ । यूनियनका अनुसार आफ्ना माग पूरा गराउन दिईएको एक साताको समयसिमामा आफ्ना मागहरु पूरा नभएको भन्दै यूनियनले विरोधका कार्यक्रमहरु शुरु गरेको हो ।

युनियनले आइतबार दिउँसो एक घण्टा धर्ना दिएको थियो । त्यस्तै सोमवार दिउँसो प्रबन्ध निर्देशकको कार्यकक्ष अगाडी धर्ना दिएका छन् ।

आइतबार टेलिकमका कर्मचारीहरुले राष्ट्र बैँकको प्राइज इन्डेक्स अनुसार महँगी भत्ता बृद्धि गर, आयोजनाहरुको थर्ड पाटी इभ्यालुयशन गर, विज्ञापन गुलाई वत्तिविकासरको सुनिश्चितता गर, पेन्सनबिहीन कर्मचारीका लागि पेन्सन सुविधाको व्यवस्था गर, घट्दो राजश्व दरलाई रोकी यसको वृद्धि गर्नठोस कार्यक्रम ल्याउ, सावधिक जीवन वीमाको सिलिङ वृद्धि गर, ज्यालादारी कर्मचारीहरुको नोकरी अवधी गणना होस् लगायतका नारा लेखिएका प्लेकार्ड सहित धर्ना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?