काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले ८० करोड ३० लाख रुपैयाँ बराबर खुद नाफा कमाएको छ । बैंकले गत आवको तुलनामा १८ दशमलव ७५ प्रतिशत नाफा बृद्धि गरेको छ । गत आवको यहि अवधिमा बैंकले ६७ करोड ६२ लाख कमाएको थियो ।
साथै यो आवको पुस मसान्तसम्ममा वितरणयोग्य नाफा भने ६५ लाख ८५ हजार रहेको छ । त्यस्तै हाल बैंकको चूक्ता पूँजी ९ अर्ब ५५ करोड ४१ लाख रहेको छ ।
यस वर्ष जगेडा कोषमा २ अर्ब २४ करोड ४८ लाख कायम भएको छ । त्यस्तै अघिल्लो वर्षको यहि अवधिमा भने बैंकको जगेडा कोषमा २ अर्ब ९ करोड ५० लाख रुपैया रहेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ७ प्रतिशतले बृद्धि गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार यस अवधिमा निक्रिय कर्जा १ दशमलव शुन्य ४ रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी १६ दशमलव ६७ रहेको बैंकको तथ्यांकले देखाएको छ ।
साथै बैंकले पुस मसान्तसम्ममा ८० अर्ब ६७ करोड ५२ लाख रहेको छ । जून गत वर्षको तुलनामा १० प्रतिशतले बढि हो । भने कर्जा प्रवाह ८२ अर्ब ९२ करोड ५२ लाख भएको बैंकले जनाएको छ । जून अघिल्लो आवको यहि अवधिको तुलनामा १० दशमलव ८२ प्रतिशतले बढि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया