नयाँ बसपार्क गाेंगबु शुद्धीकरण अभियान : ५१ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । महानगरीय प्रहरी बृत्त महाराजगन्ज प्रहरीले गएराति गोंगबु–नयाँ बसपार्क क्षेत्रबाट अबैध कृयाकलाप गर्ने ५१ जनालाई पक्राउ गरेको छ ।

गौंगबु–नयाँ बसपार्क क्षेत्र शुद्धीकरण अभियान अन्तरगत ‘स्वीप अपरेशन नाम’ दिइएको सो प्रहरी कारबाहीमा लागू औषध दुर्ब्यसनी, वेश्यावृत्ति गर्ने गराउने, नाबालक लाई रात्रिकालिन मनोरञ्जन क्षेत्रमा लगाउने, विभिन्न व्यवसायमा तोकिएको मापदन्ड बमोजिम संचालन नगर्ने ब्यवसायि र यात्रुहरूलाई हैरान दिनेलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त महाराजगन्जका डीएसपी उमेश लम्सालले जानकारी दिए ।

२ जना तेस्रोलिङ्गी, १९ महिला र ३० पुरुष गरि ५१ जना नियन्त्रणमा लिएर कार्वाही प्रकृया अघि बढाइएको लम्सालले बताए । प्रहरीले रितु खाजा घर संचालक रितु गुरुङ, चाउमिन खाजाघर संचालक लक्ष्मि बि क, पश्चेमेली खाजा घर संचालक जानुका बिष्ट, बेनि बाग्लुङ खाजा घर संचालक ईन्द्र ब। खड्का, फेसबुक गेष्टहाउस संचालक बिनोद बुढाथोकी तथा दलाल प्रेम तामाङ ,शिव गणेश होटलका मेनेजर अशोक राई र केटीएम डान्सबारका संचालक बलबहादुर राईलगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको लम्सालले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?