आज प्रतिनिधिसभाको बैठक बस्दै, के-के हुदैछ ?

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक दिउसो १ बजे बस्दै छ । आजको बैठकमा विभिन्न विधेयक र विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्य तालिका छ । बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनीक ऋण व्यवस्थापन विधेय २०७६ लाई प्रस्तुतत गर्न अनुमति माग्ने त्यसपछि उक्त विधेयक प्रस्तुत गर्ने, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संसोधन विधेयक) २०७६ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने लगायत ८ वटा प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको संघिय संसदका निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिए ।

त्यस्तै बैठकमा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गर्ने कार्यक्रम छ ।

शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश हुने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?