काठमाडौं । नविल बैंक लिमिटेडले व्यवसायीहरुका लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नविल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले जोखिममा आधारित मूल्यांकनसहित के्रडिट स्कोरिङ मोडल कर्जा प्राप्ताङ्कका आधारमा उक्त योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ । बैंकले सरल र शीघ्र प्रशोधन सहित अधिकतम १० दशमलव ५ को व्याजदरमा कर्जा उपलब्ध गराउने छ । देशभरि नै छरिएर रहेका साना तथा मझौला उद्यमीलाई सहजता प्रदान गर्ने उदेश्यले २०१९को डिसेम्बरबाट प्रदेश ३ अन्तर्गत काठमाडौंमा शुभारम्भ गरिएको बैंकले जनाएको छ ।
बैंकले उक्त योजनालाई सातै प्रदेशमा लैजाने योजना रहेको छ । जस अन्तर्गत उक्त कर्जा योजना प्रदेश नं ५ को भैरहवामा पनि उद्घाटन गरिएको छ । उक्त समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अघिकृत अनिल केशरी शाहले उक्त कर्जा योजनाले देशभर रहेको साना तथा मझौला उद्यमीहरुलाई सहजता प्रदान हुनेमा प्रतिवद्ध रहेको बताएका छन् । त्यस्तै उक्त कार्यक्रममा बोल्दै उनले व्यवसायीहरुको व्यवसायीक सपनालाई साकार गर्दै कर्जा प्रशोधन प्रक्रियालाई छिटो, छरितो तथा सरल बनाउने उदेश्यले ल्याइएको उक्त योजनाका माध्ययमबाट व्यवसायीक सफलता प्रदान गर्न सहज गर्ने समेत विश्वास व्यक्त गरेका छन् ।
साथै क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गरि व्याजदर तोक्ने पहिलो बैंकको रुपमा नविलले आफूलाई स्थापित गर्न सफल भएको छ । जसमा त्यस्ता मझौला तथा साना उद्यमीहरुको लागि ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी व्याजदरमा उपलब्ध गराईने पनि बैंकले जनाएको छ । बैंकका अनुसार ऋणीले कर्जा आवेदनमा शिघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृती प्रदान गरिने पनि बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया