काठमाडौं । बारामा १४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा आफुलाई साधुबाबा ‘झण्डा बाबा’ भनेर चिनाउने एक भारतीय नागरिक पक्राउ परेका छन् ।
बाराको कोल्हबी नगरपालिका-११ रामपुर्वामा स्थानीय १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारतको राजस्थान प्रान्तको बुन्दी जिल्लाको पाटन चिन्ताग्राम घर भएका ५३ वर्षीय साधुबाबा रामेश्वर भनिने हरि नारायण शर्मा रहेका छन्।
आफुलाई आशाराम बाबाको शिष्य बताउने गरेका शर्मा केही समयदेखि रामपुर्वामा रहेको जानकी मन्दिरमा बस्दै आएका थिए। ‘झण्डा बाबा’ उपनामले चिनिएका शर्माले आफुले झारफुक, तन्त्रमन्त्र जानेकाले त्यसबाट विभिन्न रोग ठीक पार्ने दावी गर्दै कोल्हवी क्षेत्रमा झारफुक गर्दै आएका थिए।
शर्माले आइतबार राति कोही सदस्य नभएको मौकामा पुरी खान मन लागेको भन्दै बालिकाको घरमा पसेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे स्थानीयले थाहा पाएपछि शर्मालाई कुटपिट गरि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएकस थिए । बालिकाको बुवा पुरी पकाउन चाहिने घ्यू किन्न पसलमा गएका बेला शर्माले घरमा एक्लै भएको मौका छोपेर झारफुकको तन्त्रमन्त्र सिकाइ दिने बहानामा कोठाभित्र लगेर बलात्कारलाई गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित बालिकाको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने पक्राउ परेका शर्मालाइ जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको छ। उनीविरुद्ध मुलुकी अपराध सहिंता २०७४ को करणी सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया