सुरुङ बिस्फोट हुँदा एक नेतासहित १३ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मारुफ अजरले सरकार समर्थित आदिवासी लडाकू समूह चढेको सवारी साधनलाई लक्षित गरी तालिबानले सोमबार राति जवाज्वान–सारी पुल सडकमा बारुदी सुरुङ बिछ्याएर आक्रमण गरेको जानकारी दिए ।

उक्त आक्रमणमा संलग्न तालिबान समूहका ११ जनाको मृत्यु भएको र उनीहरुलाई अफगान रेडक्रसलाई जिम्मा लगाइने पनि प्रवक्ता अब्दुलले बताए । तालिबानको मुख्य तारो सरकार समर्थित स्थानीय नेता तोफान रहेका थिए । उनको नेतृत्वमा गाउँमा प्रतिरोध समूह गठन गरिएको थियो ।

सन् २००१ मा अमेरिकी आक्रमणबाट तालिबानको सरकार पतन भएसँगै तालिबान समूहले सशस्त्र हिंसात्मक आक्रमण जारी राखेको छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?