काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट प्रालिको संयुक्त आयोजनामा एक्स्पो हुने भएको छ । २०७६ माघ २४, २५ र २६ गते काठमाण्डौको भृकृटीमण्डपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी छैठौँ वर्ष आयोजना गरिने आयोजकले जनाएको छ ।
उक्त प्रदर्शनीमा संसारका विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरु का २०० भन्दा बढि स्टल रहने छन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेता हरु ले निर्माण ब्यबसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने उदेश्य रहेको आयोजकले जनाएको छ । साथै क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी ५ वर्ष देखी कोसेढुङ्गा सावित हुदै आएको छ ।
साथै उक्त यस अन्तराष्ट्रिय प्रदर्शनीमा Construction materials, Construction Machinery, Construction Heavy Equipment, Pre fab structures, UPVC Windows Machinery, UPVC Profile, Doors and Windows, Architectural Hardware, Bathroom Fittings, Pipes, Tiles and Sanitary ware, Roofing, Pre Engineering Building, Power Tools, Windows, Concrete Block Machinery Manufacturers, Earth Moving Equipment’s, Material Handling Equipment’s, Aluminum Composite Panels हरु को पनि उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार उक्त प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरण मा टेवा पु¥याउनेछ । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ती, आम नागरीक बाहेक निर्माण क्षेत्रमा काम गरीरहनुभएका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस्, कन्ट्रयाक्टरस, विल्डरस तथा इन्टीरीयर डिजाइनरहरु को सहभागिता रहने छ ।
यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उद्घेश्यको रुपमा विगतमा झैँ नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने तथा नेपालमा उपलब्ध सामाग्री तथा प्रविधिहरुलाई बिदेशी संस्थाहरुको सामु देखाउने हो ।
साथै यस प्रदर्शनीले नेपालमा भइरहेका निर्माण सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास आयोजकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया