काठमाडौं । सनराइज बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालू आवको यस अवधिमा ९४ करोड नाफा कमाएको छ । भने अघिल्लो आर्थिक वर्षको यहि अवधिमा बैंकले ७९ करोड २७ लाख नाफा कमाएको थियो । यसलाई मूल्यांकन गरेर हेर्ने हो भने बैंकले यस अवधिमा आफ्नो नाफा १९ दशमलव १२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।
बैंकका अनुसार यस अवधिमा बैंकको वितरणयोग्य नाफा साथै प्रतिशेयर आम्दानीमा समेत सुधार देखिएको छ ।
गत आर्थिक वर्षको तुलनामा बैंकको यस वर्ष प्रतिशेयर आम्दानीमा समेत सुधार देखिएको छ । गत आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा रहेको थियो । भने यस वर्षको दोस्रो त्रैमासिकसम्ममा आइपुग्दा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६ पैसा कायम भएको बैंकले जनाएको छ । साथै यसलाई मूल्यांकन गर्दा मूल्य आम्दानी अनुपात १९ दशमलव २१ प्रतिशतले बृद्धि भएको छ । भने प्रतिशेयर नेटवर्थ भने १ सय ४२ रुपैयाँ २६ पैसा कायम भएको छ ।
हालसम्म बैंकको कुल चुक्तापूँजी ८ अर्ब ९६ करोड ७८ लाख रहेको छ । त्यस्तै जगेडा कोषमा २ अर्ब ९३ करोड १० लाख रुपैयाँ रहेको छ भने शेयरधनि कोषमा ८५ करोड ८८ लाख रहेको बैंकले जनाएको छ ।
बैंकले आवको यस अवधिसम्ममा कुल ८२ अर्ब १५ करोड निक्षेप संकलन गर्न सफल भएको छ । भने कर्जा प्रवाह ७५ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । जसबाट बैंकको खुद नाफा आम्दानी भने २ अर्ब ४ करोड ७४ लाख रुपैयाँ संकलन गर्न सफल रहेको बैंकको तथ्यांकले देखाएको छ । यो भने गत आवको तुलनामा ३२ करोड ६० लाख रुपैयाँले बढि रकम हो । हरेक बैंक तथा वित्तीय संस्थाको यस अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । जसमा बैंकले कमाएको नाफाको आधारमा नै बाँकी समय के हुन्छ भन्ने कुराको आँकलन गर्न सकिन्छ ।
यस अवधिमा अन्य सूचकमा समेत सुधार आएकाले बैंकको सञ्चालन मुनाफा २०करपोड ९२ लाख रुपैयाँ बृद्धि भएको छ । जसको कारण सञ्चालन मूनाफा बृद्धि भइ १ अर्ब ३४ करोड ५१ लाख रुपैयाँ पुगेको बैंकको तथ्यांकमा उल्लेख रहेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालू आवको पुस मसान्तसम्मको वितरणयोग्य नाफा ५१ करोड ९० लाख रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया