गायिका बबिता बानियाँ (जेरी) र मोडल शंकर क्षेत्रीले कसे लगनगाँठो

काठमाडौं । चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ (जेरी)ले विवाह गरेकी छिन् । उनले मोडल तथा गायक शंकर क्षेत्रीसँग लगनगाँठो कसेकी हुन् ।

गायिका जेरीले लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेकी छिन् । जेरीले आफ्नो विवाहकै दिन श्रीमानसँग पनि दोहोरी खेलेकी थिइन् ।

विवाह मण्डपमै बेहुला बेहुली बीच दोहोरी चलेपछि विवाहको माहोल नै रमाइलो भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?