६ महिनामा नेपाल बंगलादेश बैंकको नाफा ८० करोड ७७ लाख

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आवको यस अवधिमा ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकले गत आवको तुलनामा करिव १ करोड ४४ लाख नाफामा बृद्धि गरेको छ । अघिल्लो आवको यहि अवधिमा बैंकको खुद नाफा ७९ करोड ३३ लाख रहेको थियो ।

साथै यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४३ करोड ८१ लाख ३२ हजार रुपैयाँ रहेको छ । भने खुद व्याज आम्दानी २ दशमलव ९५ प्रतिशतले घटेको छ , भने सञ्चालन नाफा ७ दशमलव ९ प्रतिशतले बृद्धि भएको छ ।

साथै बैंकको यस अवधिमा निक्षेप संकलन तथा कर्जा लगानी समेत बृद्धि भएको देखिएको छ । अघिल्लो आवको यहि अवधिको तुलनामा निक्षेप संकलन २० दशमलव ३० प्रतिशतले बृद्धि भएको छ भने कर्जा लगानी १२ दशमलव ७० प्रतिशतले बृद्धि भएको बैंकले जनाएको छ । भने हाल बैंकको रिजर्भ कोषमा भने ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । साथै यस अवधिमा बैंकको खराज कर्जा भने केही मात्रामा बृद्धि भएको बैंकले देखाएको छ ।

बैंकका अनुसार हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । भने यस अवधिमा बैंकले अघिल्लो वर्षबाट ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । त्यस्तै बोनसपछि भने यसको पूँजी ८ अर्ब ४९ करोड २७ लाख १३ हजार पुर्याउन सफल भएको छ । उक्त तथ्यांकलाई वित्तीय विवरणमा पुँजीकरण गरिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?